News Detail

एएफसी एसियन कप छनोट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई एन्फाद्धारा विदाई

चैत्र ९, २०७४

एएफसी एसियन कप छनोट प्रतियोगिता अन्तर्गत यमनविरुद्धको दोस्रो लेग खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाले विदाई गरेको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजित विदाई कार्यक्रममा एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले खेलाडीलाई विदाई तथा शुभकामना दिएका हुन् । सोलिडारिटी कप विजेताको हैसियतमा तेस्रो चरणको छनोटमा प्रवेश पाएको नेपालले यस अघिका पाँच खेलमा जित हात पार्न नसकेपछि छनोट हुने सम्भावना भने सकिएको छ । तर यमनका लागि यो खेल महत्वपूर्ण छ । समूहको पाँच खेलबाट यमनको ७ अंक छ । हलचोक स्थित मैदानमा भएको पहिलो लेगमा नेपालले यमनलाई गोलरहित बराबरीमा रोक्दै १ अंक जोडेको छ । नेपाल र यमनवीचको खेल कतारको दोहामा मंगलबार हुनेछ । २० सदस्यिय नेपाली टिममा गोलरक्षकहरु किरण चेम्जोङ, विकेश कुथु र एलन न्यौपाने छन् भने डिफेन्डरहरुमा विराज महर्जन, रजिन धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी र देवेन्द्र तामाङ छन् । यस्तै मिडफिल्डरहरु रोहीत चन्द, विशाल राई, सुजल श्रेष्ठ, अञ्जन विष्ट, सुनिल वल, हेमन गुरुङ र हेमन्त थापामगर छन् । यस्तै स्ट्राइकरमा विमल घर्तिमगर, नवयुग श्रेष्ठ, जर्जप्रिन्स कार्की र सुमन लामा छन् । नेपाली टिम आइतबार कतार प्रस्तान गर्नेछ ।

Related News

प्रतिकृया दिनुहोस