News Detail

हिमाली बचत तथा ऋण सहकारी संस्थाद्धारा प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

चैत्र १४, २०७४

भरतपुर / “आर्थिक विकास र सामाजिक रुपान्तरणको लागी सहकारीे” भन्ने मुल नाराका साथ हिमाली बचत तथा ऋण सहकारी संस्था भरतपुर ११, चितवनले वुधबार ९आज० प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । चितवन जिल्ला सहकारी संस्था लिमिडेटका सचिव एवम् संस्थाकी पुर्व अध्यक्ष विद्या कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाकी सदस्य लक्ष्मी पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि विद्या कोईरालाले कार्यक्रमको ब्यानर पढेर कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा मेरी स्टोप्स सेन्टर नारायणगढका प्रशिक्षकहरु हेम राज गिरी र मञ्जु लामिछानेले संस्थाका सदस्यहरुलाई प्रशिक्षण गराउनु भएका थियो । कार्यक्रममा संस्थाका १२० जना सदस्यअरुको सहभागिता थियो ।   संस्थाकी अध्यक्ष शारदा खनालकोे सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाकी सचिव भवानी देवी आचार्यले संचालन गर्नु भएको थियो । हाल संस्थामा १ हजार ४ सय जना सदस्य रहेका छन् । स्थापनाकाल देखि नै यस संस्थाले विभिन्न सेवामुलक तथा आयमुलक कार्य गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस