News Detail

लायन्स क्लव अफ भरतपुरको वर्ष २०१८र०१९ को अध्यक्षमा बसन्तराज पौडेल सर्वसम्मत चयन

चैत्र १४, २०७४

भरतपुर/ लायन्स क्लव अफ भरतपुरको वर्ष २०१८र०१९ को अध्यक्षमा बसन्तराज पौडेल सर्वसम्मत चयन हुनुभएको छ । बुधवार सम्पन्न क्लवको २१औ साधारणसभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा अनुजराज पन्त, द्वितीय उपाध्यक्षमा मुक्तिराम अधिकारी, तृतीय उपाध्यक्षमा हरि अधिकारी र सचिवमा तिर्थ नेपाल निर्वाचित हुनुभएको छ । त्यसैगरि समितिको कोषाध्यक्षमा रोशन आचार्य, सहसचिवमा ठाकुर बजगाइ, एलसिआइयफ कोअर्डिनेटरमा प्रेम सापकोटा, क्लव सर्भिस चेयरपर्सनमा भीष्म अधिकारी चयन हुनुभएको छ । बर्ष २०१७र०१८ का अध्यक्ष दिनेशचन्द्र न्यौपानेको अध्यक्षतामा भएको साधारणसभामा निवर्तमान डिस्ट्रिक्ट गभर्नर घनश्याम भट्टराई, क्लवका पुर्व अध्यक्ष एवम् साम्सद मिलनवावु श्रेष्ठ, पुर्व अध्यक्ष एवम् भरतपुर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, पुर्व अध्यक्ष दिपककुमार रानाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस