News Detail

हिमाली बचत तथा ऋण सहकारी संस्थाद्धारा सरसफाई कार्यक्रम सम्पन्न

चैत्र १५, २०७४

भरतपुर/ “आर्थिक विकास र सामाजिक रुपान्तरणको लागी सहकारीे” भन्ने मुल नाराका साथ हिमाली बचत तथा ऋण सहकारी संस्था भरतपुर ११, चितवनले बिहिबार (आज) सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । चितवन जिल्ला सहकारी संस्था लिमिडेटका सचिव एवम् संस्थाकी पुर्व अध्यक्ष विद्या कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाकी सदस्य लक्ष्मी पोखरेलले स्वागत मन्तव्य राख्नुभएको थियो । ६१ औं सहकारी दिवसको अवसरमा संस्थाले हिजोबाट सप्ताहव्यापीको आयोजना गरेको संस्थाकी कोषाध्यक्ष गिता अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका ८० जना सदस्यहरुको सहभागिता थियो । संस्थाकी अध्यक्ष शारदा खनालकोे सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाकी सचिव भवानी देवी आचार्यले संचालन गर्नु भएको थियो । हाल संस्थामा १ हजार ४ सय जना सदस्य रहेका छन् । स्थापनाकाल देखि नै यस संस्थाले विभिन्न सेवामुलक तथा आयमुलक कार्य गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस