News Detail

हिमाली साकोसद्धारा अनुशिक्षण तथा लैङ्गिग हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न

बैशाख २२, २०७५

भरतपुर/हिमाली बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुलाई आज (शनिबार) सहकारी अनुशिक्षण कार्यक्रमका साथै मानव वेचविखन र ओसारपसार तथा लैङ्गिग हिंसा विरुद्धको सचेतना कार्यक्रम सम्पन्न गरेको छ  । कार्यक्रममा थ्रि एन्जल्स नेपाल चितवन शाखाका संयोजक प्रशिक्षक यमनाथ आचार्य र समाजिक परिचालक शान्ति गौतमले प्रशिक्षण गराउनुभएको थियो । चितवन जिल्ला सहकारी संस्था लिमिडेटका सचिव एवम् संस्थाकी पुर्व अध्यक्ष विद्या कोईरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सिता दवाडीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाका ९० जना शेयर सदस्यहरुको सहभागिता रहेको संस्थाकी कोषाध्यक्ष गिता अधिकारीले जानकारी दिनुभयो । संस्थाकी अध्यक्ष शारदा खनालकोे सभापतित्वमा सम्पन्न कार्यक्रम भवानी देवी अधिकारीले संचालन गर्नु भएको थियो । हाल संस्थामा १ हजार ४ सय जना सदस्य रहेका छन् । स्थापनाकाल देखि नै संस्थाले विभिन्न सेवामुलक तथा आयमुलक कार्य गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस