News Detail

चितवन आँखा अपस्तालद्धारा शक्तिखोरमा निःशुल्क आँखा शिविर संचालन

बैशाख २५, २०७५

चितवन आँखा अपस्तालले चितवनको शक्तिखोरमा रहेको ईभर भिजन विद्यालयमा निःशुल्क आँखा शिविर संचालन गरेको छ । उत्त शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावक गरि ३२४ जनाले निःशुल्क आँखा शिविरमा उपचार गराएका थिए । शिविरमा चितवन आँखा अपस्तालका वरिष्ठ नेत्र विशेषज्ञ डा. कोमोदिनी सुवेदी दृष्टि विशेषज्ञ दिपेन्द्र राज भट्टराई र दिवस चौधरीले आँखा परिक्षण गराएका थिए । शिविरमा उपचार पछि मोतियाविन्दुका विरामीलाई अस्पतालमा रिफर गरिएको साथै विरामीलाई निःशुल्क औषधि वितरण समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस