News Detail

४६ जनाले गरें रक्तदान

जेठ ११, २०७५

नारायणगढ जेसीज तथा नारायणगढ लेडी जेसीजले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ९ महिला सहित ४६ जनाले रक्तदान गरेका छन् । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने महान् आस्थाबाट प्रेरित हुँदै जेसीजको वार्षिक कार्यक्रम तालिका अनुसार दुवै शाखाको संयुक्त आयोजनामा सो कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति श्री ज्ञानशाली न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष जेसी जनकराज घिमिरे, जिल्ला ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक श्री सन्तोष पन्त विशेष अतिथि रहनु भएको थियो । नारायणगढ जेसीजका अध्यक्ष जेसी अर्जुन अधिकारीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नारायणगढ लेडी जेसीजका अध्यक्ष जेसी रमा श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा आस्था पाठ जेसी नीरू कार्कीले वाचन गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरु, जेसीजका पदाधिकारीहरु सदस्यहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको संयोजक नारायणगढ जेसीजका जेसी विनोद पन्त र नारायणगढ लेडी जेसीजका शकिला परियार रहनु भएको थियो ।

प्रतिकृया दिनुहोस