News Detail

नारायणगढ जेसिज र नारायणगढ लेडि जेसिजकोे स्वागत तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

जेठ १२, २०७५

जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुशिल सिंह राठोरले लागु पदार्थ दुव्यसनी नियन्त्रण तथा युवाहरुको लागी विशेष सचेतना अभियान संचालन गर्न लागेको बताउनु भएको छ । नारायणगढ जेसिज र नारायणगढ लेडि जेसिजको आयोजनामा गरिएको स्वागत तथा अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएको राठोरले जिल्ला प्रदेश सँगै चितवनमा काम गर्ने संङघ संस्था पुनस्थापना केन्द्रको अनुगमन गरि छलफल समेत शुरु गरेको बताउनु भएको छ । नारायणगढ जेसिजका अध्यक्ष अर्जुन अधिकारीको सभापतित्वमा आयोजित सो कार्यक्रममा नारायणगढ लेडि जेसिजकी अध्यक्ष रमा श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । नेपाल प्रहरीको सहकार्यमा विद्यालयहरुमा सचेतना अभियान सञ्चालन गर्ने समेत कार्यक्रममा बताईएको छ । कार्यक्रममा नारायणगढ जेसिजका पुर्व अध्यक्ष कञ्चन कुमार अग्रवाल, सोम प्रसाद काप्री, प्रकाश पौडेल, ख्यामराज भट्टराई, बिष्णु लम्साल, मनोज राज श्रेष्ठ, नमराज फ्ुयाल, बाबुराम रामदाम त्यसै गरि नारायणगढ लेडि जेसिजकी पुर्व अध्यक्षहरु शान्ति पिया, सनुजा श्रेष्ठ लगाएतले प्रहरी प्रमुख राठोरलाई स्वागत गर्दै आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा नारायणगढ जेसिजका महासचिव विकासमान श्रेष्ठले आस्था पाठ वाचन तथा नारायणगढ लेडि जेसिजकी कोषाध्यक्ष अनिता श्रेष्ठले जेसि आई मिसन वाचन गर्नु भएको थियो ।           

प्रतिकृया दिनुहोस