News Detail

आज गणतन्त्र दिवस, चितवन सहित देशभर विभिन्न कार्यक्रम गरि मनाईदै

जेठ १५, २०७५

मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको ११ वर्ष प्रवेशको अवसरमा आज गणतन्त्र दिवस मनाइँदै छ । २०६२/६३ को जनआन्दोलन सफल भएपछि गठित संसदको०६५ जेठ १५ गते बसेकाे पहिलो बैठकले नेपाललाई औपचारिक रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको घोषणा गरेको थियो । राजसंस्था अन्त्य गर्दै गणतन्त्र घोषणा गरिएको उक्त दिनको सम्झनामा हरेक जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा त्यसयता मनाइँदै अाएकाे छ । सरकारले अघिल्ला वर्षहरुमा जस्तै यस वर्ष पनि राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखलगायत सहभागी हुँदैछन् । टुँडिखेलमा औपचारिक कार्यक्रम आयोजना गरिएको भए पनि यस वर्षबाट सार्वजनिक बिदा काटिएको छ । तथापि, प्रदेश ५ ले भने आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गणतन्त्र दिवसको अवसरमा बिहानैदेखि विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । संयुक्त विद्यार्थी संगठनले मंगलबार बिहान राजधानीमा प्रभातफेरि गरेको छ । यसैबीच  राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्वन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । गणतन्त्र दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताउनुभएको छ । सन्देशमा भनिएको छ, “मुलुकमा सुदृढ शान्ति कायम गर्ने, राजनीतिक स्थायित्व हासिल गर्ने र आर्थिक विकास गर्ने नेपाली जनताको उत्कृष्ट चाहनालाई साकार पार्ने अवसर प्राप्त भएको छ ।”

Related News

प्रतिकृया दिनुहोस