News Detail

च्याम्पियन्स लिगको उपविजेता बनेको लिभरपुलद्धारा ब्राजिलका मिडफिल्डर फाबिन्होलाई भित्र्याउने तयारी

जेठ १५, २०७५

च्याम्पियन्स लिगको उपविजेता बनेको लिभरपुलले ब्राजिलका मिडफिल्डर फाबिन्होलाई भित्र्याउने भएको छ । मोनाकोबाट खेलिरहेका २४ वर्षीय फाबिन्हो ३ करोड ९० लाख पाउण्ड पारिश्रमिक पाउनेगरि लिभरपुलमा अनुबन्ध भएको बीबीसीले जनाएको छ । जुलाई १ तारिखदेखि लिभपुरलमा जाने फाबिन्होले थप ५ लाख पाउण्ड पारिश्रमिक भने प्रदर्शनका आधारमा पाउनसक्ने गरि अनुबन्ध गरिएको हो । फाबिन्होको अनुबन्धले लिभरपुललाई इम्रे क्यानको स्थान लिने अपेक्षा गरिएको छ । लिभरपुल महारथी क्लब भएको भन्दै फाबिन्होले लिभरपुलबाट खेल्न आफूले पहिलेदेखि चाहेको र यसले आफूलाई धेरै उत्साही बनाएको प्रतिक्रिया दिएका छन् ।

Related News

प्रतिकृया दिनुहोस