News Detail

विपन्न विद्यार्थीलाई पोषाक वितरण

जेठ २८, २०७५

चितवन, जेठ २८ ।
मुक्ति समाजका केन्द्रिय सदस्य चक्र रुचालले स्थापना गरेको ध्रुव–देव स्मृति अक्षयकोषवाट माडी पाण्डवनगर स्थित राष्ट्रिय प्राथमिक विद्यालयका ३० जना विद्यार्थीलाई तयारी स्कुल पोषाक वितरण गरिएको छ । ग्रामिण वस्तीमा रहेको सो विद्यालयमा अध्यनरत गरिव जेहेन्दार , सिमान्त कृत अति विपन्न वोटे र दलित समुदायका विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको रुचालले जानकारी दिनुभयो । रुचालका स्वर्गिय वुवा ध्रुवलाल रुचाल र आमा देवमाया रुचालको स्मृितमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरि हरेक बर्ष विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्न थालिएको हो ।  यसका साथै सोही कोषवाट जनकल्याण माध्यमिक विद्यालयका एक जना विपन्न दलित विद्यार्थीलाई वार्षिक ५ हजार रुपैयाँ नगद र राप्रावि गणेशकुन्जका दुईजना अनाथ दलित विद्यार्थीलाई चार हजार पाँच सय नगद प्रदान गरेको रुचाललले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस