News Detail

बेलायतको वेष्ट मिनिस्टरमा आतंकवादी हमला गर्न खोजेको आरोप एक युवक पक्राउ

आषाढ १३, २०७५

बेलायतको वेष्ट मिनिस्टरमा आतंकवादी हमला गर्न खोजेको आरोप लागेका एक जना प्लम्बर दोषी ठहर भएका छन् । बेलायतको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका २८ बर्षिय खालिद बेल अली गत वर्षको अप्रीलमा चार वटा चक्कुसहित पक्राउ परेका थिए । उनले बयानका क्रममा तालिवान बिद्रोहीका लागि बम बनाउन सहयोग गर्दै आएको स्वीकार्दै राजनीतिज्ञ र प्रहरीलाई लक्षित गरी आक्रमण गर्ने तयारीमा रहेको पनि स्वीकारेका छन् । अलीलाई बेलायतको भउस हल क्रसमा शंकास्पद अवस्थामा हिँडिरहेको सीसीटीभीमा फुटेजका आधारमा पक्राउ गरिएको थियो । पुर्पक्षका लागि थुनामा रहेका अलीबिरुद्ध हिजो भएको अन्तिम सुनुवाईका क्रममा दोषी ठहर भएका हुन् । अलि विगतका बर्षहरुमा अफगानिस्तानमा रहँदै बम बनाउने कार्यमा संलग्न रहेको खुलासा भएको छ । उनीमाथि कस्तो सजाय हुन्छ भन्नेबारे भने केही खुलाइएको छैन ।

Related News

प्रतिकृया दिनुहोस