News Detail

अमेरिकाका राष्ट्रपति ट्रम्प र रुसी समकक्षी पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमत

आषाढ १४, २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच तेस्रो मुलुकमा गएर शिखर वार्ता हुने भएको छ । उनीहरुले तेस्रो मुलुकमा भेट्ने सहमति भए पनि मिति भने घोषणा हुन बाँकी रहेको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ । अमेरिका र रुसबीच पछिल्लो समयमा बढ्दै गएको दुरी कम गर्न राष्ट्रपतिहरुबीच शिखर वार्ता गर्न लागिएको हो । शिखर वार्ता हुने मिति र स्थानको तय भने दुवै देशका प्रतिनिधिहरुले संयुक्त रुपमा गर्ने बताइएको छ । 

प्रतिकृया दिनुहोस