News Detail

प्लाष्टिकजन्य फोहर नियन्त्रण गर्न आवश्यक

आषाढ २३, २०७५

भरतपुर÷असार २३ ।
वातावरण स्वच्छ तुल्याउन प्लाष्टिकजन्य फोहोरको नियन्त्रण गर्न आवश्यक रहेकोमा युवाहरुले जोड दिएका छन् ।

 हाम्रो दृष्टि राम्रो दृष्टि संस्थाले विद्यालयस्तरिय अन्र्तक्रिया तथा प्रशिक्षण कार्यक्रम गरेको छ । भरतपुर महानगर क्षेत्रका १४ वटा सामुदायिक विद्यालयमा प्लाष्टिकजन्य फोहर नियन्त्रणमा विद्यार्थी सहभागिता बढाउन कार्यक्रम गरिएको हो ।
विशेष कक्षा मार्फत विद्यार्थीलाई प्लाटिकजन्य फोहर नियन्त्रण अभियानमा लाग्न उत्प्रेरित गरिएको थियो ।

बेटर चितवनका सजिता पौडेल, सञ्चारकर्मी अञ्जना थपलीया, अभियान्ता शिरिस थापा, सुरज रेग्मी र महानगर बाल सञ्जाल भरतपुरका प्रतिनिधि सुविन पौडेलले सहजीकरण गरे । यस्तै असार १० गतेदेखि बालअधिकार तथा वातावरण क्षेत्रका कार्यक्रम असार २२ गतेसम्म सञ्चालन भएको संस्थाका अध्यक्ष बसन्त गैरेले जानकारी दिए । 

प्रतिकृया दिनुहोस