News Detail

द्धन्द्धपिडीत महिलालाई सिलाई मेशिन वितरण

आषाढ २३, २०७५

भरतपुर, असार २३ ।
सहिद स्मृती प्रतिष्ठान चितवनले तेह्र जना महिलाहरुलाई सिलाई मेशिन वितरण गरेको छ ।
भरतपुर महानग्रपालिका कार्यालयको सहयोगमा संस्थाले द्धन्द्ध प्रभावित महिलाहरुलाई सिलाई मेशिन सहयोग गरेको हो । संस्थाले आज आयोजना गरेको मेशिन वितरण कार्यक्रममा भरतपुर महानग्रपालिका कार्यालयका पशासकिय पमुख नेत्र पसाद  सुवेदीले द्धन्द्ध प्रभावित परिवारलाई सरकारले उचित व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।अहिलेको सहयोग सांकेतिक सहयोग मात्र भएके उल्लेख गर्दै मेसिन लिनेहरुलाई सहयोगको सही उपयोग गर्न आगह गरे ।
हातमा सीप भए कह्ल्यिै समस्या नहुने भन्दै स्वरोजगार बन्न उन्मुख सबैलाई बधाई एवम शुभकामना समेत दिएकाछन । सो अवसरमा संस्थाकी अध्यक्ष संगिता भट्टराईले  द्धन्द्ध पभावित महिला तथा उनीहरुका परिवारको  जीविकालाई सहज बनाउन रोजगार मुलक तालिम अन्र्तगत सिलाईकटाई तालिम पदान गरी उनीहरुलाइ मेसिन समेत उपलब्ध गराइएको जानकारी दिइन। कर्यक्रम संयोजक सविता लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेसिन सहयोग लिने द्धन्द्ध पभावित महिलाहरुले द्धन्द्धका कारण परिवारमा आएके आर्थिक सामाजिक विचलन हटाउन सबैको साथ र सहयोगको खांचो रहेको बताए ।
कार्यक्रममा सहायक पमुख जिल्ला अधिकारी  लक्ष्मि पसाद वास्कोटा, जिल्ला पहरी कार्यालय चितवनका पमुख पहरी उपरिक्षक शुशील सिंह राठोर, सहिद परिवार चितवनका रामजी कंडेल,पत्रकार महासंघ चितवनका उपाध्यक्ष शान्ता अधिकारी,अमर पहरी संघ केन्दिञ्य उपाध्यक्ष लालकुमारी थपलियको उपस्थिती रहेको संस्थाकी सल्लाहकार पवित्रा रिजालले जानकारी दिइन। 

प्रतिकृया दिनुहोस