News Detail

स्वीडेनलाई हराउदै ईङ्लिस टोली विश्वकपको सेमिफाईनलमा

आषाढ २३, २०७५

असार २३ ।
रुसमा जारी विश्वकप फुटवल–२०१८ मा आज भएको खेलमा स्वीडेनलाई २–० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड सेमिफाईनलमा प्रवेश गरेको छ । 
 स्वीडेनलाई हराउने क्रममा इङ्ल्याण्डले आज खेलको पहिलो हाफमा गोल गर्दै अग्रता लिएको थियो। उसको लागि म्याक्वायरले हेडमार्फत खेलको ३० औं मिनेटमा गोल गर्दै इङ्ल्याण्डको खाता खोलेका थिए ।

त्यसैगरी ःवीडेनलाई हराउने क्रममा दोश्रो गोल खेलको ६० औं मिनेटमा भएको थियो । डेलेले हेडमार्फत गोल गर्दै इङ्लिस टोलीको अग्रतालाई दोब्बर पारेका थिए । स्वीडेनले खेलमा फर्किनको लागि केहि गोल गर्ने अवसरको श्रृजना गरेको भएपनि उसलाई इङ्लिस टोलीले निरन्तर आक्रमण गर्दै रक्षात्मक खेल खेल्न बाध्य पारिदिएको थिया ।

सेमिफाइनल प्रवेश गरेको इङ्ल्याण्डले आज हुने क्वाटरफाइनलको अन्तिम खेलको विजेतासँग भिड्नेछ । क्वाटरफाइनलको अन्तिम खेलमा आयोजक रसिया र क्रिएशिया भिड्दैछन् ।  
राति पौने १२ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसिया र रुस भिड्नेछन् । आयोजक रुस विश्वकपको क्वाटरफाइनलमा पुगेको यो पहिलो अवसर हो । क्रोएसिया भने दोस्रो पटक क्वाटरफाइनलमा पुगेको हो ।

राउण्ड अफ सिक्सटिनमा स्पेनलाई पाखा लगाँउदै रुस तथा डेनमार्कलाई हराउँदै क्रोएसियाले क्वाटरफाईनल भिडन्त तय गरेका हुन् । रुस र क्रोएसियाबीच यसअघि ३ खेल भएका छन् । जसमा क्रोएसिया एक पटक विजयी भएको छ भने २ खेल बराबरीमा टुंगिएका छन् ।

प्रतिकृया दिनुहोस