News Detail

धनुषाको ढल्केवरमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गए

चैत्र २१, २०७०

चैत २१
धनुषाको ढल्केवरमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गएको छ । ठक्करबाट ढल्केवर ७ बस्ने २६ वर्षका किरण कुमारी कुशवाहाको ज्यान गएको प्रहरीले जनाएको छ ।
श्रीमान विजयकुमार महतोसँगै ज ३ प ४१४४ नम्बरको मोटरसाइकलमा चढेर जनकपुर जान लागेको बेला पछाडिबाट ना ४ ख ५११२ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।
राहत र ट्रक चालकलाई कारवाहीको माग गर्दै स्थानीयबासीले बिहानैदेखि पूर्व पश्चिम राजमार्गको ढल्केवरमा गाडी चल्न दिएका छैनन् ।
 

प्रतिकृया दिनुहोस