News Detail

सर्लाहीमा हावाहुरीका कारण गएरातिदेखि जिल्ला भर विद्युत सेवा अवरुद्ध

चैत्र २१, २०७०

चैत २१
सर्लाहीमा हावाहुरीका कारण गएरातिदेखि जिल्ला भर विद्युत सेवा अवरुद्ध भएको छ । साँझ चलेको हावाहुरीका कारण विभिन्न ठाउँमा तारहरु बिच्छेद भएकाले विद्युत सेवा अवरुद्ध भएको हो ।विद्युत सेवा अवरुद्ध भएपछि उद्योगी व्यवसायी र उपभोक्ताहरु  मारमा परेका छन् ।
सर्लाहीमा बिजुलीका पोलहरु जीर्ण अवस्थामा रहेका कारण सामान्य हावाहुरी चल्दा पनि लामो समय सम्म विद्युत अवरुद्ध हुने समस्या बढ्दै गएको छ ।यता नेपाल विद्युत प्राधिकरण लालबन्दी शाखाका प्राविधिक मोहन श्रेष्ठले विभिन्न ठाउँमा तारहरु बिच्छेद भएकाले पहिचान गर्ने काम भैरहेको जानकारी दिनुभयो । बिहानैबाट तारहरु मर्मत गर्ने काममा खटिएकाले मर्मत गरेर विद्युत सुचारु गर्ने तयारी भैरहेको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस