News Detail

काठमाडौँमा आजबाट ए लेभल तथा ब्रिजकोर्श शैक्षिक मेला सुरु हुँदै

चैत्र २१, २०७०

चैत २१
काठमाडौँमा आजबाट ए लेभल तथा ब्रिजकोर्श शैक्षिक मेला सुरु हुँदैछ । भोटेक्स क्रिएसन प्रालि र द गेष्ट लिंक मिडिया प्रालिको संयुक्त आयोजनामा भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना सुरु हुन लागेको हो ।मेलामा ए लेभल पढाइ हुने कलेजहरु र ब्रिजकोर्श पढाइ हुने संस्थाहरुले सहभागिता जनाउने छन् । एसएलसी दिएर बसेका बिद्यार्थीहरुलाई लक्षित गरेर मेलाको आयोजना गरिएको भोटेक्स क्रियसन प्रालिका निर्देशक रमेश दुलालले जानकारी दिए ।ए लेभल पढाइ हुने कलेजहरु सहभागी हुने भएकाले मेलाबाटै सबै जानकारी लिन सकिने दुलालले बताए ।
 

प्रतिकृया दिनुहोस