News Detail

सुरक्षित आप्रवासन सूचना तथा पराशर्म केन्द्र सञ्चालनमा

चैत्र २१, २०७०

चैत २१
वैदेशिक रोजगारीमा जानेहरुका लागि  पूर्व सूचना उपलब्ध गराउने उद्देश्यले नवलपरासीको कावासोतीमा सुरक्षित आप्रवासन सूचना तथा पराशर्म केन्द्र सञ्चालनमा आएको छ ।
स्वीस सरकारको सहयोगमा हिमालयन सामुदायिक विकास मञ्च( हिकोडेफ) ले यस्तो केन्द्र सञ्चालनमा ल्याएको हो ।बैदेशिक रोजगारीमा धेरै ब्यक्तिहरु जाने जिल्लामा  नवलपरासी पर्छ । त्यहाँबाट मासिक ६ हजार मान्छे बिदेशिने गरेको जिल्ला प्रशासन कार्यालयको तथ्यांक रहेको छ ।
 

प्रतिकृया दिनुहोस