News Detail

यो वर्ष अर्नाको सङ्ख्यामा वृद्धि

चैत्र २१, २०७०

चैत २१
विश्वको दुर्लभ चराचुरुङ्गी र जनावरहरु पाइने कोसी टप्पु वन्यजन्तु आरक्षमा यो वर्ष अर्नाको सङ्ख्यामा वृद्धि भएको छ ।आरक्ष प्रशासनले हालै गरेको अर्नाको गणनाअनुसार यो वर्ष ६८ वटा अर्नाको सङ्ख्या वृद्धि भएको पाइएको छ । आरक्षमा ३ सय २७ वटा अर्ना गणनाका क्रममा पाइएको आरक्षका संरक्षण अधिकृत गङ्गाराम सिंहले जानकारी दिनुभयो ।
प्रत्येक तीन÷तीन वर्षमा गरिने अर्नाको गणनाअनुसार २०६८ सालमा गरिएको अर्नाको गणनाअनुसार आरक्षमा २ सय ५९ वटा अर्ना पाइएको थियो ।
घरपालुवा भैँसी र गाईको चरिचरनको आक्रमणमा परेको आरक्ष क्षेत्रमा आहार नपाएपछि अर्नाहरु आहाराको खोजीमा आरक्षबाहिर जाने गरेको संरक्षण अधिकृत सिंहले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस